TodayPati

टुडेपाटी-
जनकपुरधाम, माघ २७ गते ।

धनुषामा एक युवतीको हत्या भएको छ । बुधबार बिहान मृत फेला परेका व्यक्ति यौनिक अल्पसंख्यक भएको प्रहरीले बताएपनि उनी युवती रहेको पुष्टि भएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार मृतक धनुषाको विदेह नगरपालिका ९ का मुस्लिम नदाफका छोरी वर्ष २३ की हलिना खातुन रहेको खुलेको छ ।

आज बिहान साढे ९ बजेतिर धनुषाको जनकपुरधाम उपमहानगरपाकिला १७ तेतरिया स्थित सडक छेउमा घाँटी कसिएको अवस्थामा उनको शव फेला परेको थियो ।

घटनास्थलमा मृतकको चप्पल, छेउमा झोला समेत फेला परेको छ । शव र घटनास्थलको प्रकृतिले उनको कर्तव्य गरी हत्या गरेको हुन सक्ने डिएसपी बमले बताए ।

‘सलले घाँटी कसेर कर्तव्य गरेको जस्तो देखिन्छ । थप कुरा पोस्टमार्टमबाट खुल्छ’ उनले भने । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *