बलिउडका चर्चित अभिनेता किरण कुमार कोरोना संक्रमित
टुडेपाटी-
जनकपुरधाम, जेठ ११ गते ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बलिउड अभिनेता किरण कुमारलाई भएको छ ।
समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अहिले उनी आफ्नै घरमा क्वारेन्टिनमा छन् । ७४ वर्षीय किरणलाई कोरोनाको कुनै लक्षण थिएन ।
उनले भने, ‘१४ मे मा नियमित चेकअपको लागि अस्पताल गएको थिएँ । त्यहाँ कोरोना टेस्ट पनि गराउनुपर्ने भनियो । त्यसैले जाँच गराएको हुँ । कुनै लक्षण देखिएर वा शंका लागेर गराएको होइन । अहिले पनि म पूर्णतया ठिक छु र घरमै क्वारेन्टिनमा छु ।’
किरणले धड्कन, मुझसे दोस्ती करोगे जस्ता फिल्म खेलेका छन् ।