टुडेपाटी–
जनकपुरधाम, पुस २७ गते ।
साहसी महिला पत्रकार उमा सिंहको निर्मम हत्या भएको आज १७ वर्ष पूरा भएको छ । सहिद पत्रकार सिंहको १७ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम आयोजना गरि मनाइरहेको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज बिहान पत्रकारहरूका लागि स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको थियो । आज साँझ श्रद्धाञ्जली सभा कार्यक्रम गर्ने नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरण गुप्ताले जानकारी दिए

वि.सं. २०६५ पुस २७ गते राति जनकपुरधामस्थित रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार उमा सिंहको जनकपुर नगरपालिका–१४ रजौलस्थित डेरामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । उक्त घटनाले देशभरको पत्रकारिता क्षेत्रलाई स्तब्ध बनाएको थियो ।