टुडेपाटी-
जनकपुरधाम, पुस २७ गते ।
जनकपुरमा किया र इसुजु मोटरको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।
जनकपुरधामको मुजेलिया स्थित शिवानी अटो वर्कसप एण्ड डेन्टिङ् पेन्टिङमा किया र इसुजु मोटरको आधिकारिक सर्भिस सेन्टर थपिएको हो ।
सर्भिस सेन्टरको कियाका ग्राहक सौरभ अग्रवालले रिवन काटेर उद्घाटन गरेका हुन् ।


श्रवण साहले सञ्चालन गरेको उक्त वर्कसपमा किया र इसुजुको गाडीको रिपेयर मेन्टिनेन्स, डेनेट पेन्ट, लुव्रिकेन्ट र वासिङ् सुविधा रहेको कियाका आधिकारिक डिलरका अमित चौधरी एजीले जानकारी दिए ।
किया र इसुजुको तीनदिन सर्भिसिङ् नि:शुल्क, पार्टमा १० प्रतिशत र लिक्वीड सामानमा १५ प्रतिशत छुटको व्यवस्था रहेको सञ्चालक साहले बताए ।
