टुडेपाटी-
धनुषा, कार्तिक २६ गते ।
धनुषाको सबैला नगरपालिकामा सप्पन्न दोस्रो जन विकास कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि सबैला नगरपालिका वाड नम्बर १२ रघुनाथपुरले जितेको छ । मंगलवार सम्पन्न फाइनल खेलमा रघुनाथपुर टिमले २० रनले आयोजक टिम जन विकास यूवा क्लब सबैला नगरपालिका वाड नम्बर १ लाई पराजित गर्दै जित हात पारेको हो ।
टस जितेर ब्याटिङ गरेको रघुनाथपुर टिमले २० ओभरको समाप्तिमा ९ विकेट गुमाएर १४७ रन बनाएर १४८ रनको टारगेट आयोजक टिमलाई दिएको थियो । जबाफमा आयोजक जन विकास यूवा क्लब टिमले १७ ओभरमा पूरा विकेट गुमाएर मात्र १२८ रन बनाउन सके । २० रनले आयोजक टिमलाई पराजित गर्दै उपाधिमाथि रघुनाथपु टिमले कब्जा गरे ।
बिजेता टिम रघुनाथपुरले खेलको उपाधि २५००० ÷– रुपैया नगद ,कप, मेडल र प्रमाणपत्र हात पारेको हो । यस्तै उप बिजेता टिम आयोजक जन विकास यूवा क्लब सबैला १ ले खेलको उपाधि १५०००÷–रुपैया नगद , कप , मेडल र प्रमाणपत्र हात पारेको छ ।
तिहार तथा छठ पर्वको अवसरमा जन विकास यूवा क्लबको आयोजनामा गत कार्तिक १ गतेदेखि फकिर चन्द्र गामी उच्च मा. बि. बरकुर्वा बिधालयको खेल मैदानमा सुरु भएको क्रिकेट टुर्नामेन्ट मा २४ वटा टिमको सहभागीता थियो ।

क्लबका अध्यक्ष सुशिल कुमार राउतको अध्यक्षतामा भएको समापन खेलका प्रमुख अतिथि सबैला नगरपालिकाका नगरप्रमुख कारीराम यादव रहेको थिए ।