थप ७ जनामा कोरोना संक्रमण पुष्टि
टुडेपाटी-
जनकपुरधाम, जेठ १० गते ।
शनिबार साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमूना परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो ।
रुपन्देहीको गैडहवाका ३ जना, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–५ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ९१ पुगेको छ ।