TodayPati

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १२ गते ।

धनुषाको बटेश्वर गाउँपालिका–२ सितापुरमा सम्पन्न १३ औं बनदेवी माई अध्यक्ष गोल्डकप–२०८२ को उपाधि वीरगंज यूनाइटेड पर्साले जितेको छ ।

मंगलबार जनसेवी फुटबल क्लब बर्दिवाससँगको फाइनल खेल निर्धारित समयमा दुबै टोलीले १–१ गोल गर्दै बराबरी खेलेका थिए । पेनाल्टी सुटआउटबाट गरिएको खेलको निर्णयमा वीरगंज यूनाइटेड बर्दिबासलाई ३ का विरुद्ध चार गोल गरेका थिए । जसमा एक गोलले बीरगञ्ज यूनाइटेडले जित हात पारेको हो ।

विजेता टोलीले पहिलो उपाधि एक लाख ५५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । पुरस्कार बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतो र उपाध्यक्ष फूलकुमारी सिंहले प्रदान गरेका थिए । उपविजेता जनसेवी फुटबल क्लब बर्दिवासलाई मेडलसहित ५५ हजार रुपैयाँको चेक प्रदान गरिएकको छ ।


गाउँपालिकाको संरक्षण र बनदेवी माई युवा क्लबको आयोजनामा तिहार तथा छठ पर्वको अवसरमा कार्तिक २ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *