टुडेपाटी-
जनकपुरधाम, कार्तिक २ गते ।
धनुषाको बटेश्वर गाउँपालिका – २ सीतापुरमा तेह्रौं वनदेवीमाई अध्यक्ष गोल्डकप सुरु भएको छ ।
गाउँपालिकाको संरक्षक तथा बनदेवीमाई युवा क्लवको आयोजनामा वनदेवीमाई खेलमैदानमा सुरु भएको गोल्डकपको उद्घाटन गाउँपालिका अध्यक्ष रामअशिष महतोले गरेका छन् ।
आगामी कार्तिक ११ गतेसम्म चल्ने खेलमा ८ वटा टिमले भाग लिएको आयोजक वनदेवीमाइ युवा क्लवले जनाएको छ ।

उदघाटन पहिलो खेल जनसेवी युवा क्लव बर्दिबास- २ र कटारी एफसी उदयपुरबीच प्रतिस्पर्धा भएको छ । जसमा बर्दिबासले उदयपुर टीमलाई दुई गोलले पराजित गर्दै जित हात पारेको छ ।
निर्धारित समयामै बर्दिबास टिमका प्रदीप लामा रआदित्य साक्यले १-१ गोल गरेका थिए । तर उदयपुर टिमले एक गोल समेत गर्न सकेन ।