TodayPati

फुलगेन मगही –
जनकपुरधाम, कार्तिक २ गते ।

धनुषाको बटेश्वर गाउँपालिका – ३ मा प्रगतिशील युवा क्लवद्वारा पालिका स्तरीय दोस्रो खुल्ला क्रिकेट प्रतियोगिता प्रारम्भ भएको छ ।


स्थानीय जनशक्ति माविको खेल मैदानमा शनिबार क्लबका अध्यक्ष मुकेश कहतोको अध्यक्षता तथा बटेश्वर गाउँपालिकाका उपाअध्यक्ष फुलकुमारी सिंहको प्रमुख आतिथ्यमा प्रतियोगिताको उदघाटन गरिएको छ ।
प्रतियोगितामा  जम्मा–१५ वटा टीम सहभागि भएको समाजसेवी भोगीलाल महतोले जानकारी दिए ।

खेल २ सिफ्ट गरी ११ गते सम्म हुने क्लवका सदस्य भोला साहले जानकारी दिए ।

विशिष्ट अतिथि वडा नम्बर – ३ का वडाअध्यक्ष राममणि कुशवाहाले उदघाटनमा सम्बोधन गर्दै युवाहरुलाई हौसला बढाउन र लागुऔषध दुव्र्यसनीबाट जोगाउनको लागि यस्ता कार्यक्रमले टेवा पुग्ने  विश्व व्यक्त गरे ।

उद्घाटन समारोहमा वडा नम्बर – ५ का वडा अध्यक्ष शिव करण यादव , निजामती क्षेत्रका राम जिवन महतो, अमरदीप महतो , युवा नेता अजय राउत लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

पहिलो १६ ओभरको खेलका लागि  सुरुमा टस उचाल्दै बर्दिबास नगरपालिका वडा नम्बर – ७ का टीमले टस जित्दै,  प्रगतिशील युवा क्लव बीच प्रतिस्पर्धा भएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *