TodayPati

जनकपुरधाम, असोज ६ गते ।

स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले जनकपुरधाम स्थित मंगलम् डायग्नोस्टिक सेन्टर प्रा.लि. र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता भएको छ ।

सम्झौताले बीमित कर्मचारी तथा ग्राहकहरूलाई सहज र किफायती दरमा स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

सम्झौतामा मंगलम् डायग्नोस्टिक सेन्टरका प्रबन्ध निर्देशक अर्थ ठाकुर र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स जनकपुर शाखाका शाखा प्रबन्धक देवनारायण शाहबीच हस्ताक्षरले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा बोल्दै ठाकुरले यस सहकार्यले स्वास्थ्य सेवा अझै सहज र पहुँचयोग्य हुने बताए । उनका अनुसार यस सम्झौताबाट विशेषगरी प्याथोलोजी परीक्षणहरू शुलभ हुने छन् ।

जनकपुर तथा आसपासका क्षेत्रका सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन थप सहजता हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *