TodayPati

महोत्तरी : क्वारेन्टाइनमा रहेका २५ जना भोकभोकै बस्न बाध्य

टुडेपाटी-

महोत्तरी, जेठ १० गते ।

महोत्तरीको क्वारेन्टाइनमा रहेका २५ जनाले २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै बस्न बाध्य छन् । गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेन्टाइनमा रहेका उनीहरू २४ घन्टाभन्दा बढी समयदेखि भोकभोकै बसेका हुन् ।

Sponsored

भारतको चेन्नई, हरियाणा तथा चन्डिगढबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरुका लागि तातो पानी र कोठामा पङ्खाको समेत व्यवस्थापन गर्न नसकेको स्थानीयवासीले बताएका छन् । नगरपालिकाले खानाको उचीत व्यवस्थापन नगरेपछि भोकभोक बस्नुपरेको उनीहरुको गुनासो छ ।

स्थानीयवासी गगन मण्डलले भने, “क्वारेन्टाइनमा बसेको आफ्नो छोराका लागि घरबाटै खाना ल्याउने तयारी गरेको तर वडाध्यक्षले रोक लगाएपछि छोरालाई हेर्नका लागि आफू आउँदा २४ घण्टा बित्दा पनि खानाको बन्दोबस्त हुन नसकेको पाइएको छ ।”

नगरपालिका—२ का वडाध्यक्ष शेख सलामले यस सम्बन्धमा आफूले तत्कालै नगरपालिकालाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको प्रतिक्रिया दिए । भोकभोकै बसेका उनीहरुका लागि तत्काल एक छाक खानाको व्यवस्थापनमा आफू लागेको बताउँदै उहाँले आवश्यक सामग्रीको बन्दोबस्तका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Sponsored

भारतबाट नेपाली नागरिकको आउने क्रममा वृद्धि भएपछि उनीहरुलाई शुक्रबारदेखि नगरपालिकाले मावि निगौलको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको थियो । हाल त्यहाँ २५ जना रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *