टुडेपाटी-
जनकपुरधाम, साउन २१ गते ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आफ्नै भवन निर्माणका लागि जनकपुरधाममा गुठी संस्थानसँग चार कठ्ठा जग्गा लिजमा प्राप्त गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित श्रीराम मन्दिर गुठीअन्तर्गतको सो जग्गा सरकारी वकिलको कार्यालय नजिकै पर्छ ।
सोमबार काठमाडौंस्थित गुठी संस्थानको केन्द्रीय कार्यालयमा महासंघ र गुठी संस्थानबीच औपचारिक सम्झौता भएको हो ।


सम्झौतामा महासंघको तर्फबाट अध्यक्ष श्याम बन्जारा र गुठी संस्थानको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शैलेशराज कुवँरले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा महासंघका महासचिव शैलेन्द्र महतो क्रान्ति र गुठीका प्रमुख इन्जिनियर शालिकग्राम सुवेदी साक्षीको रुपमा रहेका छन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दहाल, सचिव रमेश खतिवडा, केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश उपाध्यक्ष अम्बिका दाहाल, प्रदेश सचिव हदिस खुदार, सदस्य अजय साह तथा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा सहभागी थिए ।
उक्त जग्गामा अब चाँडै आफ्नो सुविधासम्पन्न प्रदेशिक भवन निर्माण प्रकृया अघि बढ्ने महासचिव क्रान्तिले बताए ।