एजेन्सी-
जनकपुरधाम, असार २५ गते ।
भारतको गुजारातमा पुल भत्किदाँ ९ जनाको मृत्यु भएको छ ।
भारतीय प्रान्त गुजरातको बडोदरास्थित महिसागर नदीको पुल भत्किएर दुर्घटना भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार बडोदरा र आनन्द जोड्ने गम्भीरा पुल सवारीसाधनहरू गुडिरहेका बेला बुधबार बिहान अचानक भत्किएर खसेको हो ।
यस क्रममा पुलसँगै दुई ट्रक, दुई कार र एउटा रिक्सा नदीमा खसेका छन् । अहिलेसम्म ९ जनाको मृत्यु पुष्टि भएको छ भने ८ जनालाई स्थानीयले उद्धार गरेका छन् ।

४५ वर्ष पुरानो पुलले मध्य गुजरातलाई सौराष्ट्रसँग जोडेको छ । पुल भत्किएपछि दक्षिण गुजरातका भरुच, सुरत, नवसारी, तापी र वलसाडजस्ता सहरबाट सौराष्ट्र पुग्न बढी समय लाग्ने भएको छ ।