TodayPati

एजेन्सी-
जनकपुरधाम, असार २३ गते ।

पेरुको उत्तरी बरेन्का प्रान्तमा अवस्थित एक प्राचीन सहरको खोज गरिएको छ । यो सहर करिब ३,५०० वर्ष पुरानो रहेको अनुसन्धानकर्ताहरूले जानकारी गरेका छन्।

पेनिको नाम दिइएको उक्त सहर प्रशान्त महासागर तटीय क्षेत्र, आन्देस पर्वत श्रृङ्खला र अमेजन उपत्यकाका प्राचीन समुदायहरूबिचको महत्त्वपूर्ण व्यापारिक केन्द्रको रूपमा विकसित भएको विश्वास गरिएको छ।
लिमाबाट करिब २०० किलोमिटर उत्तरमा रहेको यो स्थल समुद्री सतहदेखि करिब ६०० मिटर उचाइमा अवस्थित छ। यसको स्थापना ईसा पूर्व १,८०० देखि १,५०० को बिचमा भएको अनुमान गरिएको छ। यो समयमा मध्यपूर्व र एसियाका प्रारम्भिक सभ्यताहरू पनि उत्कर्षमा थिए।

अनुसन्धानकर्ताहरूका अनुसार यो खोज अमेरिकाको सबैभन्दा पुरानो सभ्यता कारालको उत्तराधिकारी विकासबारे महत्त्वपूर्ण जानकारी दिन सक्छ। सार्वजनिक गरेको ड्रोन दृश्यमा पहाडको सिंढीजस्तो भूभागमा गोलाकार संरचना देखिन्छ, जुन सहरको केन्द्रमा रहेको छ। यसलाई वरिपरि ढुङ्गा र माटोले बनेका भवनहरूका भग्नावशेषहरूले घेरेका छन्।

जबिल बुक्क बचत खाता आठ वर्ष लामो अनुसन्धानको क्रममा त्यहाँ १८ वटा संरचनाहरू पत्ता लागेका छन्, जसमा पूजापाठका मन्दिरहरू र आवासीय भवनहरू रहेका छन्। त्यहाँ भेटिएका वस्तुहरूमा पूजामा प्रयोग हुने सामग्री, मानिस र जनावरका आकृतिसहितका माटोका मूर्तिहरू, र सिप, सिपुरी लगायतका मनकाहरूबाट बनेका मालाहरू समावेश छन्।
पेनिको स्थल काराल सभ्यताको नजिकै पर्छ, जसलाई अमेरिका महाद्वीपको सबैभन्दा पुरानो सभ्यता मानिन्छ। कारालको स्थापना करिब ५,००० वर्षअघि, ई.पू. ३,००० तिर पेरुको सुपे उपत्यकामा भएको थियो .

Leave a Reply

Your email address will not be published. Required fields are marked *