TodayPati

टुडेपाटी-
जनकपुरधाम, असार १७ गते ।

वीरगन्जबाट स्रोत नखुलेको २८ लाख रकमसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पर्साको पकहामैनपुर गाउँपालिकाका अनिल कुमार वर्णवाल, वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का विनित श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का दीपक कुमार सोनार छन् ।

वीरगन्जको विभिन्न ठाउँबाट तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुमाथि अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *