TodayPati

टुडेपाटी-
जनकपुरधाम, असार १४ गते ।

नेपालस्थित चिनियाँ दूतावासले जनकपुरधाममा दुईवटा स्वच्छ पानी अभियान परियोजनाको उद्घाटन तथा हस्तान्तरण गरेको छ ।

जनकपुरधाम ८ स्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञनकुपमा स्वच्छ पानी अभियान
र जनकपुर – ११ स्थित दलित समुदायमा कार्यक्रम  परियोजनाको हस्तान्तरण गरेको हो ।

दुताबासले आफ्ना यूथ पायोनियर्स तथा सीएफआरडी नेपाल अफिसको सहकार्यमा विद्यालयमा स्वच्छता र स्वास्थ्यतर्फ ठुलो पाइलाः “स्वच्छ पानी अभियान” को उद्घाटन तथा हस्तान्तरण गरेको हो ।

ज्ञाकुप विद्यालयमा मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव र सामुदायिक कार्यक्रममा मधेशी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजय दत्त प्रमुख अतिथिका रूपमा सहभागी थिए । प्रदेश योजना आयोगकी सदस्य ललिता यादव, चिनियाँ दूतावासका उपप्रमुख वाङ सिन, राजनीतिक मामिला निर्देशक यु पेंगचेंग, विभिन्न राजनीतिक दलका नेता, मानव अधिकारकर्मी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस परियोजनाले विशेषगरी पछाडि पारिएका समुदायलाई लक्षित गरी सुरक्षित र स्वच्छ पानीको पहुँच पुऱ्याउने लक्ष्य राखेको छ।।
प्रमुख अतिथि मन्त्री सरोज यादवले मधेशी जनताको जीवनस्तर उकास्न यो परियोजना महत्वपूर्ण भएको बताए । यस्ता कार्यमा सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

मधेशी आयोगका संस्थापक अध्यक्ष डा. विजय दत्तले भुइँस्तरमै पुगेर चिनियाँ दूतावासले प्रभावकारी काम गरिरहेको बताए ।

ई.शिवाङ्ग दत्त परियोजना प्रमुख, चिनियाँ दूतावासले यो त सुरुवात मात्रै रहेको बताउँदै ग्रामिण र आवश्यक क्षेत्रहरूमा यो अभियान विस्तार गर्ने लक्ष्य रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *