सर्लाहीका १५ जना कोरोना संक्रमितलाई जनकपुर ल्याइयो
टुडेपाटी-
जनपुरधाम, जेठ ९ गते ।
सर्लाहीका १५ जना कोरोना संक्रमित लकडाउनकै समयमा भारतबाट आएको खुलेको छ ।
शुक्रबार कोरोनाको संक्रमण पुष्टि भएका जिल्लाका १५ जना संक्रमितहरु भारतको दिल्ली र मुम्बईबाट आएको सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ का सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
सर्लाहीको गोडैता नगरपालिकामा भेटिएका १४ जना संक्रमित हरु गत जेठ २ र ३ गते भारतबाट फर्किएर क्वारेन्टाईनमा आएर बसेको नगरपालिकाका स्वास्थ्य सह संयोजक प्रमोद पण्डितले बताए ।
भारतबाट फर्के लगतै क्वारेन्टाईनमा राखिएका उनीहरुको गत जेठ ६ गते क्वारेन्टाईनमै रहेका बेला स्वाब सँकलन गरि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु काठमाडौंमा पठाइएको थियो ।
Sponsored
कोरोनाको संक्रमण देखिएका मध्ये गोडैता नगरपालिकाका १४ जना र रामनगर गाउँपालिकाका एक जना गरि १५ जना छन्। उनीहरु मध्ये गोडैताका एक महिला पनि छिन् ।
संक्रमितहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरको कोरोना विशेष अस्पतालमामा भर्ना गरिने प्रदेश सचिव घिमिरेको भनाइ छ ।
योसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको सङ्ख्या १ सय ५१ पुगेको छ ।