TodayPati

टुडेपाटी-
जनकपुरधाम, जेठ २ गते ।

जनकपुर प्रादेशिक अस्पतालले हृदयघातसहित मुटुरोग सम्बन्धि उत्कृष्ट उपचारका लागि  नियमित क्याथ ल्याब सेवा सुरु भएको छ ।

मुटु रोग बिभागले नियमित क्याथ ल्याब सेवा सुचारु गरेको अस्पतालका निर्देशक डा. जामुन प्रसाद सिंहले जानकारी दिए ।

उनका अनुसार अन्जियोग्रफी , एञ्जियोप्लास्टि, कर्डियाक पेसमेकर तथा अन्य सेवाहरु समेत सुचारु भएको छ । डा. सिंहले प्रदेश सरकारको सहयोगमा उक्त सेवाहरु नियमित प्रारम्भ भएको आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन् ।

प्रादेशिक अस्पतालमा क्याथल्याब आ.व २०७७/७८ मै खरिद भएपनि विभागीय जनशक्तिको कारण लामोसमय थन्कियो ।

पछि डा. पण्डित निर्देशक भएपछि जेनतेन सञ्चालनमा ल्याएका थिए । तर जनशक्ति अभावको कारण नियमित सेवा दिन सकेको थिएन । जनकपुर स्थित गंगालाल हृदयकेन्द्रको शाखा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत परेपछि त्यहाका चिकित्सक र अस्पतालकै चिकित्सक समायोजन गरि क्याथ ल्याब सेवा नियमित सञ्चालनमा ल्याइएको हो ।

मुटु रोग विशेषज्ञहरु डा. अमित सिंह, डा. राजेश साह र डा. निश्चल साहसहित चिकित्सकले क्याथ ल्याबबाट हृदयघात सहित भएका बिरामीको उपचार गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *