टुडेपाटी-
जाकपुरधाम, जेठ २ गते ।
महोत्तरीको जलेश्वरमा भारतीय टुरिस्ट बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा जलेश्वर नगरपालिका– सारी निवासी ५० वर्षीया संजु ठाकुर रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो जलेश्वर नगरपालिका – २ सिनेमा हल चोकमा एमपी १३ पी ७७३३ नम्बरको भारतीय टुरिस्ट बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

ठाकुरलाई प्रादेशिक अस्पताल जलेश्वरमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा रमखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।