TodayPati

जनकपुरधाम, बैशाख ३० गते ।

सिरहाको मिर्चैयामा टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिर्चैया नगरपालिका ७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज पुरीले जानकारी दिए ।

उनका अनुसार आज बिहान पौने ६ बजेतिर यउदयपुर तर्फबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक पैदल यात्री महरालाई ठक्कर दिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको र चालक फरार रहेको डिएसपी पुरीले बताए । चालकको खोजविन र घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *