TodayPati

परिक्रमा यात्री सबार बस धनुषामा दुर्घटना, २० बढी घाइते

टुडेपाटी-
जनकपुरधाम, चैत १ गते ।

जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन् । परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २० जना भन्दा बढी यात्रु घाइते भएको दुर्घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।
उनका अनुसार ६ वटा एम्बुलेन्समा घाइतेलाई उपचारको लागि अस्पतालहरुमा लगिएको छ । यधपी घाइतेको एकिन संख्या केहीबेरपछि मात्र भन्न सकिने उनले बताए ।

१५ दिने मिथिला मध्यमा परिक्रमा समापन गरेर परिक्रमा यात्रु बस चढेर फर्किरहेका थिए । थप विवरण आउन बाँकी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *