TodayPati

गोलबजारको एक होटेलबाट खैरो हिरोइनसहित दुईजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, फागुन २८ गते ।

सिरहाको गोलबजारमा लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा एक होटल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोलबजार नगरपालिका–४ स्थित ’हाइवे होटल’ मा शंका लागेर खानतलासी गर्दा ठूलो परिमाणमा खैरो हिरोइन फेला परेको सिरहा प्रहरीले जनाएको छ।

सिरहाको औरही गाउँपालिका–२, बनिनिया टोलकी नगिरा खातुन खातुनको सो होटलमा छापा मार्दा बेसिनमा लुकाइएको १७ वटा कालो प्लास्टिकको पोका बरामद गरिएको प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उक्त लागूऔषधको तौल प्लास्टिकसहित १.७३० ग्राम रहेको प्रहरीले जनाएको छ। त्यस्तै, सोही होटल बाहिर शंका लागेर चेकजाँच गर्दा गोलबजार नगरपालिका–७, चोहर्वाका १८ वर्षीय राजन जयसवालको साथबाट १५० मिलिग्राम तौल भएको खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको डीएसपी पासवानले बताए।

हाल दुबै जनालाई नियन्त्रणमा लिई सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *