TodayPati

टुडेपाटी-
जनकपुरधाम,फागुन २० गते ।

मधेश भवनभित्र आवासमा मधेशी सहिद प्रतिष्ठानका सदस्य रामनरेश यादव मृत फेला परेका छन् ।

मंगलबार बिहान ७ बजे आफ्नै ओछ्यानमा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

मृत फेला परेका यादव भोमेट गरेका थिए । यधपी उनको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन।

शवपोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसी सिंहले बताए । पोस्टमार्टम रिपोर्ट आएपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *