TodayPati

प्रेस सेन्टरको मधेश अध्यक्षमा निरज पिठाकोटी

टुडेपाटी
जनकपुरधाम, फागुन ११ गते ।

प्रेस सेन्टर नेपालको मधेश प्रदेश अध्यक्षमा निरज पिठाकोठी चयन भएका छन् । शनिबार बर्दिबासमा सन्पन्न प्रेस सेन्टर नेपालको पाँचौ प्रदेश अधिवेशनबाट पर्साका पत्रकार पिठाकोटी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै बरिष्ट उपाध्यक्षमा सप्तरीका गोपाल गुप्ता, उपाध्यक्षमा धनुषाका रामएकवाल महरा, महासचिवमा सिरहाका जिवछ उदासी चयन भएका छन् । यस्तै सचिवहरुमा धनुषाका विनोद महतो, बाराका रमेश साह, पर्साका रञ्जित पाण्डे, सप्तरीका दिपेन्द्र यादव, महोत्तरीका विष्णु गुप्ता, रौतहटका ओमकिशोर चौधरी चयन भएका छन् भने कोषाध्यक्षमा महोत्तरीका निरञ्जनसाहलाई चयन गरिएको हो ।

सदस्यहरुमा धनुषाकी प्रतिभा झा, सिरहाका रामनारायण ठाकुर र आमस्त चौधरी, सप्तरीका महेन्द्र मण्डल, महोत्तरीकी इशारा लामा, पर्साका भरत सर्राफ र सुव्दर हुसेन, सर्लाहीका सन्तोष लामा र सुमन लामा, बाराका उमेश घलान र मुकेशकुमार मेहता रहेको प्रेस सेन्टरका मधेश इन्चार्ज समेत रहेका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए । पहिलो बैठकबाट महिला उपाध्यक्ष मनोनयन गरिने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *