TodayPati

मधेश सरकारद्वारा थप पाँच निजी अस्पतालमा छड्के, ४ लाई कागजात लिएर उपस्थित हुन निर्देशन

टुडेपाटी-
जनकपुरधाम, फागुन २ गते ।

जनकपुरधाम, फागुन २ । मधेश प्रदेश सरकारले जनकपुरधामका पाँच निजी अस्पतालमा छड्के अनुगमन गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहको नेतृत्वमा भएको अनुगमनमा दुई अस्पताल नवीकरण फेल भएका छन् भने दुई अस्पतालमा आवश्यक कागजात नभएको पाइएको छ ।

रेल्वेस्टेशन नजिक रहेको ५० शय्याको जनकपुर सिटी हस्पिटल र धनुषा अस्पताल दर्ता भए पनि नवीकरण फेल भएको पाइएको छ । सिटी अस्पतालमा कार्यरत कर्मचारीको तलब विवरण तथा गरीब, दलित र सीमान्तकृतलाई दिइने छुटसम्बन्धी विवरण आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ । धनुषा अस्पताललाई पनि नवीकरण नगरेकाले आवश्यक कागजात लिएर उपस्थित हुन भनिएको छ ।

कदमचोकस्थित न्युरो सेन्टर र विनयतारा फाउन्डेसन क्यान्सर अस्पतालले अनुमति लिएको कागजात देखाउन नसकेकोले आइतबारसम्म कागजात पेश गर्न निर्देशन दिइएको छ । मुरलीचोकस्थित जनकपुर न्युरो अस्पताल भने दर्ता रहेको पाइएको छ ।

यसअघि मुख्यमन्त्री सिंहले जनकपुरधामका २६ निजी अस्पतालमा छड्के अनुगमन गरिसकेका छन्, जसमा दर्ता नभएका पाँच अस्पताल बन्द गरिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *