TodayPati

कोरोनाबाट भारतमा १ लाख १८ हजार बढी संक्रमित

एजेन्सी-
नयाँदिल्ली, जेठ ९ गते ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ ।

एकै दिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५८४ जनाको मृत्यु भएको छ ।

Sponsored

पछिल्लो २४ घण्टामा त्यहाँ थप १५० जनाको मृत्यु भएको छ । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *