TodayPati

कुम्भ मेलामा भागदौडमा ३० जनाको मृत्यु भएको पुष्टि

एजेन्सी-
जनकपुरधाम, माघ १६ गते ।

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भइरहेको कुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा ३० जनाको मृत्यु भएको पुष्टि भएको छ। भारतीय अधिकारीहरूका अनुसार कम्तीमा ६० जना घाइते भएका छन्।

महाकुम्भका डिआईजी वैभव कृष्णलाई उद्धृत गर्दै ८हिन्दुस्तान टाइम्स८ ले जनाएअनुसार मृतकमध्ये २५ जनाको पहिचान भइसकेको छ भने घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार जारी छ।

घटना मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा हुने ‘अमृतस्नान’का बेला भएको हो। ८बीबीसी८ का अनुसार, संगमस्थलमा लगाइएका अवरोध तोड्दै भिड अगाडि बढेपछि भागदौड मच्चिएको थियो। केही तीर्थयात्री प्रहरीले राखेको सुरक्षा घेरा पार गर्न खोजेपछि बुधबार राति १ देखि २ बजेको बीचमा दुर्घटना भएको बताइएको छ।

बुधबार मात्रै करिब १० करोड मानिसले स्नान गर्ने अनुमान गरिएको थियो, जसमा बिहान ८ बजेसम्म ३ करोड तीर्थयात्रीले स्नान गरिसकेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, ८‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ। आफ्ना प्रियजन गुमाएका श्रद्धालुहरूप्रति म गहिरो समवेदना व्यक्त गर्छु।’८ उनले घटनाबारे राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्।

यस वर्षको कुम्भ मेला गत जनवरी १३ मा सुरू भएको थियो। अहिलेसम्म २० करोडभन्दा बढी तीर्थयात्रीले गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गरिसकेका छन्।

पवित्र नदीमा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने विश्वास रहिआएको छ। करिब ४५ दिनसम्म चल्ने मेलामा ४० करोडभन्दा बढी श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ। अन्तरिक्षबाट समेत देख्न सकिने यो धार्मिक सभामा विश्वभरबाट हिन्दू धर्मावलम्बी आउने गरेका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *