TodayPati

अम्पुन आँधीबाट भारत र बंगलादेशमा ८० भन्दा बढीको ज्यान गयो

एजेन्सी

दिल्ली, जेठ ८ गते ।

बंगालको खाडीबाट उत्पत्ति भएको शक्तिशाली अम्पुन आँधीका कारण भारत र बंगलादेशमा ८० जनाभन्दा बढीको मृत्यु भएको छ ।

Sponsored

कोरोना भाइरसको प्रकोपबीच भारत र बंगलादेशमा अम्पुन आँधीले अर्को विपत्ति सिर्जना गरेको छ ।

एक सय १० माइल प्रतिघण्टाको रफ्तारमा कुदिरहेको अम्पुन आँधीका कारण भारतमा धेरै मानिसले ज्यान गुमाएका छन् ।

भारतको पश्चिम बंगाल राज्यममा मात्र ७२ को मृत्यु भएको छ भने ओडिशा राज्यमा दुई तथा बंगलादेशमा दश जनाको मृत्यु भएको बताइएको छ ।

Sponsored

Image

भारतमा प्राय रुखले किचेर मानिसको मृत्यु भएको जनाइएको छ । यस अम्पुन आँधीले रुख भाँचेको छ भने बिजुलीमो पोल उखालेको छ। यसले घरहरु ध्वस्त बनाइरहेको बताइएको छ ।

आँधीको खतरा मध्यनजर गर्दै भारत र बंगलादेशले हजारौं मानिसलाई स्थान्तरण गरेर सुरक्षित स्थानमा लगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *