टेकु अस्पतालबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज
टुडेपाटी-
काठमाडौं, जेठ ८ गते ।
कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट बिहिवार चार जना डिस्चार्ज भएका छन् ।
अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराएका ४ जना कोेरोना संक्रमितलाई डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४ जनाको दुई–दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले बिहिवार डिस्चार्ज गरेको हो ।
टेकु अस्पतालको आइसोलेसनमा कोरोना संक्रमित अब १ जना मात्रै रहेको मन्त्रालयले जनाएको छ । ४ जना कोरोना भाइसरमुक्त हुने मध्ये एकजना आरोग्य फाउन्डेशनकी कर्मचारी पनि हुन् ।
फाउन्डेशनकी ती कर्मचारी कर्मचारीलाई वैशाख ३१ गते कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । योसँगै हालसम्म नेपालका विभिन्न अस्पतालबाट कोरोनामुक्तभएर डिस्चार्ज हुनेको संख्या ४९ जना पुगेको छ ।
Sponsored