धनुषाको ढल्केवरमा एकै रात २ वटा पसलमा चोरी
विजयकुमार सिंह-
ढल्केवर, माघ २६ गते ।
धनुषाको मिथिला नगरपालिकाको ढल्केवरस्थित दुई पसलमा चोरी भएको छ ।
अतिव्यस्त राजमार्ग मानिने पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत ढल्केवरमा गएराति दुई पसलमा चोरी भएको हो । शनिवार राति ढल्केवरस्थित रहेको नमस्ते मोबाईल मल र महिमा डिपार्टमेन्ट स्टोरमा चोरी भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
महिमा डिपार्टमेन्ट स्टोरका सञ्चालक शम्भु नायकका अनुसार पसलमा लगाएको सि.सि.क्यामराको हार्डडिक्स १ थान, ल्यापटप १ थान र नगद १ लाख पचास हजार रुपैयाँ चोरी भएको हो ।
यस्तै सोही रात ढल्केवरस्थित नमस्ते मोबाइल मलमा पनि चोरी भएको छ । चोरले सटरमा लागेको ताल्चा फुटाएर पसलमा चोरी गरेको नमस्ते मोबाइल मलका सञ्चालक शिव कुमार महतोले जानकारी दिए । चोरले पसलबाट नगद रु ७ हजार र २ थान पावर बैंक गरि १२ हजार बराबरको चोरी भएको उनले बताए ।
एकैरात दुई पसलमा चोरी भएपछि व्यवसायी त्रसित बनेका छन् । पछिल्लो समय ढल्केवर बजार क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको छ । स्थानीय प्रहरी प्रशासनमाथि गम्भीर सुरक्षा चुनौती पैदा भएको छ ।
Sponsored