TodayPati

यूएईलाई पराजित गर्दै नेपाल पहिलोपटक महिला क्रिकेट विश्वकपमा

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २८ गते ।

नेपाली महिला क्रिकेट टिमले पहिलो पटक विश्वकपमा स्थान बनाएको छ। बुधबार भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले आउँदो जनवरीमा मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकप खेल्ने अवसर सुरक्षित गरेको हो।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा सजिलै पूरा ग¥यो। नेपालका ओपनर सना प्रविनले अविजित ३५ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरिन् भने कप्तान पूजा महतोले १८ बलमा २१ रन थपिन्। त्यसैगरी, साबित्री धामीले पनि १२ रनको योगदान दिइन्।

Sponsored

यसअघि, टस जितेर ब्याटिङ रोजेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो। यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् भने रिनिथा रञ्जितले २० रन जोडिन्। ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए।

नेपालका लागि कृष्मा गुरुङले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन्, जसमा कप्तान धर्निधरकासहित ३ खेलाडीलाई एकै ओभरमा आउट गरिन्। त्यस्तै, रिया शर्मा र सीमा केसीले २–२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट हात पारिन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *