जनकपुरतर्फ आउँदै गरेको बस स्याललाई जोगाउन खोज्दा दुर्घटना, १२ यात्रु घाइते
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २७ गते।
पोखराबाट जनकपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस स्याललाई बचाउन खोज्दा रौतहटमा दुर्घटना भएको छ । दुर्घटनमा १२ जना घाइते भएका छन् ।
अज बिहान पूर्वपश्चिम लोकमार्गको चन्द्रपुर नगरपालिका–२ लचका नजिक ग.१ ख.५८०७ नम्बरको बसले बाटो काट्दै गरेको स्याललाई बचाउने प्रयास गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
रौतहट प्रहरीका प्रवक्ता डिएसपी दीपक रायका अनुसार बसमा २० यात्रु सवार थिए, जसमा १२ जना घाइते भएका छन् । बसका चालक दोलखा सैलुङ गाउँपालिका–८ निवासी पदम बहादुर बस्नेत र सहचालक बाराको करैयामाई गाउँपालिका–७ निवासी सुरज पौडेललाई प्रहरीचोकी पौराहीले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर, तीनजनाको मध्यम र बाँकी आठजनाको सामान्य रहेको छ। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घाइतेको नामावली–
Sponsored
१) जिल्ला तनहुँ सुकला गणडकी न.पा. ५ मा बस्ने अं. बर्ष ४६ को फिरोज नवाफको ओठमा काटेको, दाहिने हात, टाउकोमा चोट, अवस्या मध्यम ९८२५१०३३०३
२) ऐ. ऐ. बस्ने निजकै श्रीमती अं. बर्ष ४३ कि रुबी खातुनको टाउकोमा चोट दाहिने तर्फ ढाड भाचिएको, चोट अवस्था सिरियस
३) जिल्ला कास्की पोखरा म.न.पा. वार्ड न.५ मा बस्ने जंग बहादुर रोकाको छोरी अं. बर्ष १९ कि रोशनि रोकाको दाहिने आखाँ माथी चोट, दाहिने हात र ढाडमा चोट, अवस्था मध्यम ९८२९१८६९६०
४) जिल्ला धनुषा जनकपुर उ.म.न.पा वार्ड न. ४ मा बस्ने रुपेश ठाकुरको श्रीमती अं. बर्ष २७ कि राखि शर्मा ढाडमा चोट, अवस्था सामान्य ९८१५८२९६६५
५) जिल्ला धनुषा जनक नन्दनी गा.पा वार्ड न १ बस्ने अं. बर्ष ४९ को महमुद अली खानको छातिमा चोट, अवस्था सामान्य ९७०९८७२०९७
६) जिल्ला चितवन भरतपुर म.न.पा. २ बस्ने अं. वर्ष २२ को बिश्वदिप सेढाईको दाहिने कुईना र दुवै हातमा चोट, अवस्था सामान्य ९८०९१२२८९६
७) जिल्ला महोत्तरी लोहारपट्टी न.पा वार्ड न ५ बस्ने श्यामनारायण झाको छोरा अं. वर्ष १८ को त्रिदेव झाको बाया पाखुरा र पेटमा चोट, अवस्था सामान्य ९८२४८२४७४९
८. जिल्ला स्याङजा पुतलीबजार न.पा. वार्ड न. ३ बस्ने राम बहादुर काफ्लेको छोरी अं. वर्ष १८ कि प्रतिक्षा काफ्लेको बाया खुटामा चोट, अवस्था सामान्य ९८४६७७४८४५
९) जिल्ला चितवन भरतपुर म.न.पा. ११ बस्ने अं. वर्ष २७ को ईश्वर खनालको बाया हातमा चोट, अवस्था सामान्य ९८४५५१७५६१
१०) जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. ५ बस्ने अं. वर्ष २८ को भरत कुमार रामको दाहिने पाखुरामा चोट, अवस्था सामान्य ९८२५८८३४२२
११) जिल्ला महोत्तरी लोहारपट्टी न.पा. ५ बस्ने अं. वर्ष श्याम नारायण झा दाहिने गालामा चोट सामान्य ।
(१२) जिल्ला रौतहट गढिमाई न पा वार्ड न. ४ बस्ने अं. वर्ष २१ को धुर्व यादवको दाहिने पाखुरामा चोट, अवस्था सामान्य