TodayPati

हनुमाननगर कंकालिनी नगरपालिकामा शिक्षक र कर्मचारीको ताला

टुडेपाटी-
जनकपुरधाम, कात्तिक २६ गते ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा तलब भत्ताको माग गर्दै शिक्षक र कर्मचारीहरूले अनिश्चितकालीन तालाबन्दी गरेका छन्। चालू आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि हालसम्म तलब नपाएको भन्दै आइतबार उनीहरूले कार्यालयको मुख्य गेटमा ताला लगाएका हुन्।

उनीहरूले कार्यालय अगाडि धर्ना समेत दिएका छन् । आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवका अनुसार, तलब भत्ताका लागि मेयर, उपमेयर, र प्रमुख प्रशासनिक अधिकृतलाई पटक–पटक मौखिक र लिखित रूपमा आग्रह गरे पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएका हुन्।

Sponsored

दशैं, तिहार र छठ जस्ता प्रमुख पर्वहरूमा पनि तलब नपाउँदा शिक्षक र कर्मचारीहरूलाई परिवार पाल्न कठिन भएको यादवले बताए। शिक्षकहरूले गत कात्तिक ६ गते नगर प्रमुखलाई तलब भत्ताको मागसहित ज्ञापन पत्र बुझाउँदै ६ दिनको अल्टिमेटम दिएका थिए। तर, कुनै चासो नदेखाएपछि उनीहरूले कात्तिक ११ गतेदेखि विद्यालय बन्द गरी धर्ना थालेका थिए।

धर्ना बेवास्ता भएपछि अन्ततः तालाबन्दीमा जान बाध्य भएको उनीहरूको भनाइ छ। नगरसभाको अभावमा चालू आर्थिक वर्ष २०८१÷८२ को कुनै आर्थिक कारोबार हुन नसकेकोले समस्या उत्पन्न भएको हो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *