बर्दिवासले जित्यो वनदेवी माई गोल्डकपको उपाधि
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २५ गते ।
धनुषाको बटेश्वर गाउँपालिका २ सितापुरमा सम्पन्न १२ औं वनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि जनसेवी बर्दिवास टिमले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोगक वनदेवी युवा क्लवलाई दुई गोलले पराजित गर्दै गोल्डकपको उपाधि हात पारेको हो ।
उसले गोल्डकपको प्रथम उपाधि १ लाख ५१ हाजार नगदसहित सिल्ड जित्न सफल भएको हो । खेलको निर्धारित समयमै जनसेवी बर्दिबास टिमले २ गोल गर्न सफल भयो भने आयोजक एक गोलसमेत गर्न सकेन ।
फाइनलसम्म खेल्न सफल आयोजक टिम वनदेवी युवा क्लबले गोल्डकपको दोस्रो उपाधि नगद ५५ हजारसहित सिल्ड जितेको हो ।
विजेता टिमलाई गोल्डकपका उपाधि समापन खेल समारोहका प्रमुख अतिथि बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतो र विशिष्ट अतिथ पालिका उपाध्यक्ष फुलकुमारी सिंह, वडा नम्बर २ का अध्यक्ष विजयकुमार महतोले प्रदान गरेका थिए ।
आयोजक वनदेवी माई युवा क्लवका अध्यक्ष नागेन्द्र सिंहको अध्यक्षतामा भएको समापन खेलमा कपका संयोजक गंगाराम कुमर लगायतको उपस्थिति थियो ।
तिहारको अवसरमा स्थानीय वनदेवीमाई खेल मैदानमा कार्तिक १४ गतेदेखि आयोजन भएको गोल्डकपमा ८ वटा टिमले भाग लिएका थिए ।
Sponsored