TodayPati

बटेश्वरमा सम्पन्न खुल्ला क्रिकेटको उपाधि जनकपुरले जित्यो

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २४ गते ।

धनुषाको बटेश्वरमा सम्पन्न पालिकास्तरीय खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि जनकपुरले जितेको छ । शुक्रबार भएको फाइनले खेलमा आयोजक टीम प्रगतिशील युवा क्लबलाई पराजित गर्दै जनकपुर टीमले खेलको उपाधि हात पारेको हो ।

प्रतियोगिताको प्रथम उपाधि ३२ हजार नगद र सिल्ड जनकपुरले जितेको हो । जनकपुरले आयोजक टिम प्रगतिशील युवा क्लबलाई १९१ रनको टार्गेट दिएको थियो । तर आयोजक टिम ९२ रनमै अलआउट भयो ।

Sponsored

दोस्रो उपाधि नगद २० हजार र सिल्ड आयोजक टिम प्रगतिशील युवा क्लबले पाएको छ ।


खेलको उपाधि समापन खेलका प्रमुख अतिथि नेकपा एमालेका प्रदेश सांसद एवं प्रमुख सचेतक हरिनारायण महतो र विशिष्ट अतिथि बटेश्वर गाउँपालिका ३ का वडाध्यक्ष राममणि कुशवाहाको हातबाट प्रदान गरिएको थियो ।

दिपावली तथा छठ पर्वको अवसरमा वडा नम्बर ३ को सहकार्यमा प्रगतिशील युवाक्लवको आयोजनामा खेल कार्तिक १२ गतेदेखि स्थानीय जनशक्ति माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको थियो । जसमा १६ वटा टिमले भाग लिएको थियो ।

Sponsored

आयोजक क्लवका अध्यक्ष मुकेश सिंहको अध्यक्षतमा भएको समापन समारोहमा वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार महतो, ५ का अध्यक्ष शिवकरण यादव लगायत राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, खेलप्रेमी लगायतमो सहभागिता रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *