TodayPati

संजालद्वारा बटेश्वरमा रक्तदान र वक्तित्वकलासहितको कार्यक्रम सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २१ गते ।

बटेश्वर यूवा संजालको आयोजनामा एक दिवसीय विभिन्न कार्यक्रम सम्पन्न भएको छ । वक्तित्वकला, रक्तदान, रगतसमूह परीक्षण तथा लागूऔष दुव्र्यसनविरुद्ध कार्यक्रम संजालले सम्पन्न गरेको हो ।

दिपावली तथा छठ पर्वको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् ।

Sponsored

रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी जनकपुरले प्राविधिक सहयोग गरेको थियो ।

यस्तै ८२ जनाले आफ्नो रगत समूह परिक्षण गराएको संजालका अध्यक्ष सारोजकुमार महतोले जानकारी दिए ।

यसैगरी, युवाहरुको क्षमता अभिवृद्धिका लागि आयोजित वक्तृत्वकला प्रतियोगितामा २० जना प्रतियोगीले भाग लिएका थिए । उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै समाजका विभिन्न मुद्दामा आफ्नो धारणा प्रस्तुत गरेका छन् । वक्तित्वकलामा सहभागीलाई प्रमाणपत्रको साथै उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।

Sponsored

यस्तै बटेश्वर गाउँपालिकामा २०८० को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका १ जना छात्रा र २ जना छात्रलाई सम्मान गरिएको सञ्जालका प्रतिनिधि जयकृष्ण महतोले जानकारी दिए ।

पालिका भित्रका बालबालिका तथा युवाहरुमा सृजनात्मक चेत तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दिपावली तथा छठपर्वको उपलक्ष्यामा बटेश्वर यूवा संजालले विगत तीनवर्षदेखि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यसवर्ष पनि कार्यक्रममा ४०० भन्दा बढी यूवासहित स्थानीयहरुको सहभागिता रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *