स्व.कोइरालाको चौँथो स्मृति दिवस आज जनकपुरमा पनि मनाइयो
टुडेपाटी-
जनकपुरधाम, माघ २६ गते ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको चौँथो स्मृति दिवस आज जनकपुरमा पनि मनाइएको छ ।
आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरधाम उपमहानगरपालिका १२ कुवारामपुरस्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण एवं श्रद्धाञ्जली सभाको आयोजना गरि स्वर्गीय कोईरालाको योगदानको स्मरण गर्दै पुण्यतिथी मनाएको हो ।
नेपाली कांग्रेस धनुषाका जिल्ला उपसभापती सन्तोष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादवले नेपाली कांग्रेस जहिलेपनी जनताको हकहितका लागि लड्ने पार्टी रहेको बताए ।
नेता यादवले नेपालमा धेरैजना प्रधानमन्त्री बनेपनी स्व।कोइरालाको पालामा नै नेपालको संविधान २०७२ जारी भएकालेले उनको योगदान कहिल्यै भुल्न नहुने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य प्रमिला दास, सन्तोष यादव, रविन्द्र चौधरी, मनोज साह लगायतका नेपाली कांग्रेसका नेताहरुले स्व. कोइरालाको योगदानबारे चर्चा गरेका थिए ।
Sponsored