TodayPati

नेपाल सदभावना पार्टीमा विवाद, रामकुमार महतो अध्यक्ष नरहेको दावी

टुडेपाटी-
जनकपुरधाम, असोज ३० गते ।

नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता मोहम्मद सहजाद मियाँ (मिकरानी)ले पार्टी अध्यक्ष दावी गर्ने रामकुमार महतो पार्टीको आधिकारिक व्यक्ति नरहेको दावी गरेका छन् । उनले आफू पार्टीको कामचलाउ अध्यक्षको भूमिकामा रहेको दाबी गरेका हुन् ।
बुधबार जनकपुरधाम पत्रकार सम्मेलन आयोजना गरेर मिकरानी पक्षले रामकुमार महतोले राजीनामा दिइसकेकाले अब उनी पार्टीको आधिकारिक व्यक्ति नरहेको दाबी गरेको हो ।

मियाँले महतोको गलत कार्यशैलीका कारण पार्टी संकटमा परेको बताएका छन्। उनले पार्टीको सातौं राष्ट्रिय महाधिवेशन मंसिर १–३ गते वीरगञ्जमा आयोजना हुने जानकारी दिए । उनका अनुसार महतोकी श्रीमती कविता कुमारी निजामति सेवामा भएकाले महतोको राजीनामा पार्टीको बैठकले स्वीकृत गरिसकेको छ ।

Sponsored

महतोले यसअघि नै उन्मुक्ति पार्टीमा प्रवेश गरिसकेकाले पार्टीको एकमात्र वरिष्ठ नेताको हैसियतले मियाँले असार १४ मा बैठकको अध्यक्षता गर्दै १६ सदस्यीय राष्ट्रिय कार्यसमितिले महाधिवेशनको तयारी गर्ने निर्णय गरेको बताए ।

मियाँले असोज १० गते कविता कुमारीको अध्यक्षतामा भएको बैठकको निर्णय निर्वाचन आयोगले अस्वीकृत गरेको र महतोले भ्रम फैलाइरहेको आरोप लगाए । मियाँले महतोले आर्थिक सहयोगका लागि चिठी लेख्ने र महाधिवेशन विथोल्ने प्रयास गरिरहेको आरोप लगाउँदै कानूनी कारबाहीको चेतावनी दिए ।

यसअघि मंगलबार आफूलाई अध्यक्ष दावी गर्ने महतोले पत्रकार सम्मेलन गरी पहिलेको रामचन्द्र कुशवाहा संयोजक रहेको महाधिवेशन आयोजक समिति विघटन गर्दै वीरगञ्जमा हुने तय भएको महाधिवेशन मंसिर १ गतेदेखि जनकपुरधाममे हुने बताएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *