TodayPati

विपी राजमार्ग अन्तर्गत सिन्धुलीदेखि नेपालथोकसम्म पुनः यातायात सुचारु

टुडेपाटी-
काठमाडौं, असोज १४ गते ।

विपी राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट स्थित सुनकोशी मरिन डाइभर्सन नजिक भाँसिएको सडक मर्मत गरेर सुचारु भएको छ ।

सिन्धुलीदेखि नेपालथोक प्रहरीबिटसम्म (सय किलोमिटर) सडक डिभिजन खाल्टेले मर्मत गरी सञ्चालनमा ल्याएको हो ।

Sponsored

एकठाउँमा भाँसिएको र विभिन्न ठाउँमा गएको पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गराइएको सडक डिभिजन खाल्टेका इन्जिनियर संदेशराज ढुंगेलले जानकारी दिए ।

मंगलबारसम्म खाल्टे डिभिजन कार्यक्षेत्रको विभिन्न सडक मर्मत गरी सुचारु गरिने योजना रहेको उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *