TodayPati

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुग्यो

रासस-
काठमाडौं, असोज १३ गते ।

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् ।

Sponsored

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको प्रवक्ता तिवारीले जानकारी दिए ।

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीको भनाइ छ ।

Sponsored

उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *