TodayPati

सर्लाहीमा गोली प्रहार गरी महिलाको हत्या, ससुरा घाइते

टुडेपाटी-
जनकपुरधाम, असोज १० गते ।

सर्लाहीको हरिपूर्वा नगरपालिका–५ मा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । मृतकका ससुरा गम्भीर घाइते भएका छन् ।

गोली प्रहार गरी २३ वर्षीया चित्रलेखा यादवको हत्या भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार चित्रलेखाका ५४ वर्षीय ससुरा रामदिनेश राय गोली लागेर घाइते भएका छन् । उनलाई बायाँ हातमा गोली लागेको छ । हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।

Sponsored

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको पहिचान भने गोप्य राखेको छ । घटनामा संलग्नको खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ। प्रारम्भिक अनुसन्धानले मोटरसाइकलमा आएका दुई व्यक्तिहरूले गोली हानेर फरार भएको देखाएको छ। डिएसपी श्रेष्ठले पहिचान भइसके पनि पक्राउ नगरिएको कारणले नाम सार्वजनिक नगरेको बताए ।

चित्रलेखाका श्रीमान् एक महिना अघि मात्र कुवेतबाट फर्केका थिए र घरमा परिवारसँग विवाद भइरहने गरेको जनाइएको छ। घटना भएको राति एकजना साथीका साथ मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरेका हुन्। घटनामा संलग्न चित्रलेखाका श्रीमान् हुन् वा अरु कोही संलग्न छन् भन्नेबारे प्रहरीले पुष्टि गरेको छैन, तर प्रहरी चौकी हरिपूर्वाले चित्रलेखाका श्रीमान्ले नै गोली चलाएको जानकारी दिएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट सानो हतियारका दुई राउण्ड खोका र एक राउण्ड मिसफायर भएको गोली बरामद गरिएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *