TodayPati

जितिया व्रतालुको पोखरीमा डुबेर मृत्यु

टुडेपाटी-
जनकपुरधाम, असोज ७ गते ।

रौतहटमा एक जितिया व्रतालुको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजदेवी नगरपालिका ८ लीपुरकी ४५ वर्षीया गिरीजा देवी छन् ।

जितिया पर्व सुरु गर्न आज बिहान पोखरीमा प्रमोद साह कानुका श्रीमती गिरीजा देवी नुहाउन गएकी थिइन् ।

Sponsored

आज विहान ११ बजेको समयमा पोखरीमा डुबेकी उनलाई सिकिस्त अवस्थामा उद्धार गरी उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।

अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *