TodayPati

धनुषा प्रहरीको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असोज ७ गते ।

धनुषा जिल्ला प्रहरीको हिरासत फोडेर भागेका नौ थुनुवामध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ । गत राति हिरासतको भेन्टिलेसन फोडेर फरार भएका थुनुवामध्ये सत्यम झालाई जनकचोकबाट तत्कालै पक्राउ गरिएको थियो ।

फरार अन्य आठजनामध्ये तीनलाई प्रहरी धनुषाको विदेह नगरपालिका, वैदेही प्रहरी चौकी नजिकैको लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो।

Sponsored

प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार पक्राउ पर्नेहरूमा लागूऔषध मुद्दाका अभियुक्त विदेह नगरपालिका–७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्कर कुमार यादव, र अभद्र व्यवहार मुद्दाका जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्की रहेका छन्।

फरार अन्य पाँचजना थुनुवाहरूको खोजी तीव्र गतिमा जारी छ। तीमध्ये लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–२१ का अमितकुमार झा, विदेह नगरपालिका–७ का रञ्जित मण्डल, औरही गाउँपालिका–२ का विशाल मुखिया, अभद्र व्यवहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर, र नगराइन नगरपालिका–२ का १८ वर्षीय मनिष मण्डल फरार रहेका छन् ।

प्रहरीले उनीहरूको खोजी अभियानलाई थप सक्रिय बनाएको डिएसपी अवाले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *