TodayPati

बाराको पुलबाट बस खस्दा १ जनाको मृत्यु, ४३ जना घाइते

टुडेपाटी
जनकपुरधाम, भदौ ३१ गते ।

बाराको पूर्व–पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  अन्य ४३ जना घाइते भएका छन् ।

गए राति १२ बजे काँकडभिट्टाबाट दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भइ पुलदेखि खसेको थियो।  दुर्घटनामा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Sponsored

घाइते मध्ये ३४ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटना बसको अगाडिको पट्टा भाँचिनुका कारण भएको बताइएको छ ।

अर्को दुर्घटनामा, सर्लाही धनकौल २ का ३७ वर्षीय दिनेश साहको मृत्यु भएको छ। निजगढ–८ पूर्व–पश्चिम राजमार्ग स्थित तामागढी गेट नजिक चन्द्रनिगाहाबाट पथलैयातर्फ जाँदै गरेको बा ६३ प ७३३० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार ४६ वर्षीय किशोरी साहको बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *