TodayPati

सीके राउतले श्रीमतीविरुद्ध हाले सम्बन्धबिच्छेद मुद्दा

टुडेपाटी-
जनकपुरधाम, भदौ २७ गते ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् । उनले ललितपुर जिल्ला अदालतमा श्रीमती सोनी सिन्धुविरुद्ध सम्बन्धबिच्छेदको फिरादपत्र दर्ता गरेका हुन् ।

अदालतका प्रवक्ता रामसजिवन महतोका अनुसार राउतले भदौ १२ गते नै मुद्दा दर्ता गराएका थिए। राउतको फिरादपत्रमा उनकी श्रीमती घरमा नबसी बारम्बार माइत जाने र लामो समयदेखि भारतमा बस्दै आएको उल्लेख गरिएको छ ।

Sponsored

राउतले फिरादपत्रमा श्रीमतीले छोराछोरी तथा परिवारको दायित्व पूरा नगरेको आरोप लगाएका छन् र मुलुकी संहिता अनुसार आफू अलग बस्न चाहेको जनाएका छन् । उनले अंश दिएर छुट्टै बस्न तयार रहेको पनि फिरादपत्रमा उल्लेख गरेका छन् ।

अहिले जिल्ला अदालतले म्याद तामेलीको तयारी गरिरहेको छ । प्रतिवादी सिन्धुको जवाफ आएपछि मात्रै मुद्दामा पेसी सुरु हुने र त्यसपछि अदालतले सम्बन्धविच्छेदको निर्णय गर्नेछ । राउत र सिन्धुको दुई छोरी र एक छोरा रहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *