TodayPati

वाइफाइ विवादमा श्रीमतीको हत्या, दुई छोरी घाइते

टुडेपाटी-
जनकपुरधाम, भदौ २६ गते ।

बारामा वाइफाइको विवादले श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । खुर्पा प्रहारबाट छोरी घाइते भएका छन् । बाराको निजगढ नगरपालिका–९ की ४० वर्षीया लक्ष्मी राईको हत्या भएको हो ।

प्रहरीका अनुसार, घटना मंगलबार साँझ करिब साढे ७ बजे भएको हो, जब ४६ वर्षीय बिमलकुमार वस्नेतले मादक पदार्थ सेवन गरेर घर फर्केपछि वाइफाइ रिचार्जको विषयमा श्रीमतीसँग विवाद भयो । चार दिनदेखि घरमा वाइफाइ सेवा बन्द थियो । श्रीमतीले रिचार्ज गर्न पैसा नहुने रक्सी खान हुने भनेपछि विवाद चर्किएको थियो । त्यसपछि बिमलले खुर्पाले श्रीमतीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।

Sponsored

उनलाई बचाउन आएकी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । गंगाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

श्रीमान बिमललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *