TodayPati

रौतहटमा खोलामा बगेर बेपत्ता भएका एकजनाको शव चार दिनपछि फेला

टुडेपाटी-
जनकपुरधाम, भदौ २५ गते ।

रौतहटको बकैया खोलाले बगाएर बेपत्ता भएका एकजनाको शव चार दिनपछि फेला परेको छ । चन्द्रपुर नगरपालिका–२, जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२, बकैया खोलाको बगरमा भेटिएको हो ।

इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खोजीमा खटिएको प्रहरी टोलीले शव फेला पारेको हो । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया पठाइएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले घटनाबारे जानकारी दिए ।

Sponsored

माझी मकवानपुरको बकैया गाउँपालिका–६, जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गरिरहेका थिए । उनी भदौ २१ गते बकैया–६, जुनाइस्थित बकैया खोला तर्ने क्रममा आएको बाढीले बगाएर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय निजगढको समन्वयमा भएको खोजतलासपछि शव फेला परेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *