TodayPati

धनुषामा आफन्तको घर भोज खान आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

टुडेपाटी-
जनकपुरधाम, भदौ १९ गते ।

धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ लक्ष्मीनियामा रहेको पोखरीमा आज साँझ तीन बालक डुबेका हुन् ।

मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्य कुमार साह, अन्दाजी ८ वर्षीय आयुस साह र १४ वर्षीय सुशान्त साह छन् ।

Sponsored

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार साहका अनुसार उनीहरु आफन्त हजुर बुबा (नाना) महावीर साहको घरमा भोज खान आएका थिए । आज महावीर साहको घरमा वर्षीको भोज थियो । सबै भोजभतेरमा व्यस्त रहेको बेला बालकहरु पोखरीमा डुबेका हुन् ।

डुब्ने बालकहरु महावीर साहका तीन छोरीका तीनैजना जेठा छोरा रहेको प्रहरी निरीक्षक साहले बताए । घटना साढे ७ बेजेतिर साँझको हो । तीनैजना बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *