TodayPati

मधेशका ९ प्रहरीलाई हेडक्वाटर तानेर छानबिन सुरु

टुडेपाटी-
जनकपुरधाम, भदौ १८ गते ।

मधेश प्रदेश प्रहरी कार्यालयका ९ प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले (हेडक्वाटर) तानेर छानबिन सुरु गरेको छ।

शंकास्पद आर्थिक कारोबारको कारण थप अनुसन्धान आवश्यक भएको भन्दै जवानदेखि सईसम्मका १० जना कर्मचारीलाई हेडक्वाटर तानिएको हो।

Sponsored

प्रहरी प्रधान कार्यालयका स्रोतका अनुसार उनीहरूलाई जिम्मेवारीबाट हटाएर सोधपुछको लागि नक्साल बोलाइएको छ।

मधेश प्रदेशका ९ जना र कोशी प्रदेशका १ जना गरी १० जना प्रहरी कर्मचारीको छानबिन भइरहेको छ। तानिएका प्रहरी कर्मचारीहरूमा धनुषाको सीमा प्रहरी चौकी दुवहीमा कार्यरत सई चन्द्रप्रसाद यादव, सप्तरीको मोहवा प्रहरी चौकीमा कार्यरत असई उपेन्द्रप्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बरिष्ठ हवल्दार निरजकुमार साह, हवल्दार बच्चेलाल यादव, इलाका प्रहरी कार्यालय निजगढका हवल्दार शैलेन्द्रप्रसाद कुर्मी, जानकी प्रहरी चौकीका सहायक हवल्दार अशोककुमार यादव, मधेश प्रदेशका सहायक हवल्दार मुकुन्द शर्मा, जिल्ला प्रहरी कार्यालय धनुषाका जवान शतेश लाल कायस्थ र कोशी प्रदेशका हवल्दार बृजेश मुखिया छन्।

प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले उनीहरूका गतिविधिहरूको जाँच गरिरहेको छ। यो छानबिनको तार मधेश प्रदेशका डीआईजीसम्म पुगेको संकेत यसअघि प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले गरेका थिए।

Sponsored

रुपन्देहीको भैरहवामा जिल्ला प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन गर्ने क्रममा ११ भदौमा कुँवरले प्रहरी अधिकारीहरूको बैंक खाता जाँच गरिने र अनुचित आम्दानी गर्नेहरूलाई कारबाही गरिने बताएका थिए। उनले प्रहरीभित्र आन्तरिक शुद्धिकरण अभियानलाई प्राथमिकतामा राखेको बताएका थिए।

आईजी कुँवरले मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई संकेत गरेको अनुमान गरिएको छ । यद्यपि डीआईजी पोखरेलले सापटी लिएको रकम फिर्ता गरिसकेको दाबी गरेका छन् । अहिले यो घटनामा उजुरी छानबिन शाखाले जाँच गरिरहेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *