नेपालमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय २७ पुग्यो
टुडेपाटी
जनकपुरधाम, जेठ ७ गते ।
नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा नेपालमा २५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । बाँकेमा मात्र ६ जना संक्रमित थपिएका हुन् ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।
नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
त्यस्तै नवलपरासीमा पनि एक जना कोरोना संक्रमित थपिएका छन् ।
Sponsored
बुधबार विहान कपिलवस्तुमा १३ जना र मंगलबार बेलुका धनकुटामा ५ जना कोरोना संक्रमित भेटिएका थिए ।